• ८ असोज २०८३, बिहीबार
  • ११ः२२ राती

मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन सरकारले गर्यो प्रहरी परिचालन

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार १०:४४

फागुन १५, २०८० काठमाडौँ: काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् ।

National Life

पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै टोलीमा प्रहरीहरू आएको र खाली नगरे हटाउने भनेर धम्क्याएको पीडितहरूको गुनासो छ ।

मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारले द्धैध चरित्र प्रदर्शन गरेको आरोप लगाए । ‘सरकारले एकातिर हामीलाई वार्तामा बोलाएको छ, अर्कोतिर आश्रय लिएको ठाउँबाट हटाउन प्रहरी परिचालन छ,’ उनले भने, ‘सरकारको द्धैध चरित्र हामीलाई मान्य छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

मिटरब्याजपीडितहरूसँग सरकारले आइतबार पहिलो चरणको वार्ता गरेपनि त्यसपछि भने वार्ताको बातावरण बनेको छैन । आफूहरूलाई भृकुटीमण्डपबाट हटाउने प्रयास गरिएको भन्दै संघर्ष समितिले वार्तामा बस्ने नैतिक धरातल गुमेको बताएका छन् ।

प्रतिकृया