• १७ भदौ २०८३, बुधबार
  • ५ः४९ बेलुका

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?

प्रकाशित मिति

२०८० फाल्गुन ११ गते, शुक्रबार ०८:१५

फागुन ११, २०८० काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बोलाइएको हो ।

यसअघि हिजो बिहीबारको बैठक आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो । तर गणपूरक संख्या नपुगेपछि आजसम्मका लागि बैठक स्थगित भएको थियो ।

Kamana Sewa

हिजोको बैठकमा गणपूरक संख्या पुग्न एक चौँथाई अर्थात् ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र उपस्थित देखिएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।

Classic Tech Desktop

गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देबराज घिमिरेसँग माग गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

यस्तै, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाध्ध स्वच्छता तथा गुणस्तर विधेयक सबन्धी समितिको प्रतिवेदन २०८०’ पेश गर्नेछिन् ।

यसैगरी, अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिकृया