• १६ भदौ २०८३, बुधबार
  • १:५६ बेलुका

बाराबाट नक्कली नोट सहित एक जना पक्राउ

प्रकाशित मिति

२०८० फाल्गुन ११ गते, शुक्रबार १०:२७

फागुन ११, २०८० बारा : बाराको निजगढ नगरपालिका-९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

Kamana Sewa

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

Classic Tech Desktop

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया