• ९ असोज २०८३, शुक्रबार
  • ४ः४० बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८० माघ २९ गते, सोमबार ०७:३८

माघ २९, २०८० काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ । सोमबार बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया