• ९ असोज २०८३, शुक्रबार
  • १२ः१० राती

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईकाे अवस्था गम्भीर

प्रकाशित मिति

२०८० माघ २७ गते, शनिबार १०:०२

माघ २७, २०८० भरतपुर : चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३-००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

National Life

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

प्रतिकृया