आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा केन्द्रित हुन्छः अर्थमन्त्री महत
प्रकाशित मिति
२०८० माघ २३ गते, मंगलवार १०:४७
माघ २३, २०८० काठमाडौँ: अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सिमित स्रोत र साधनलाई हेरेर उत्पादनशिल क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताउनु भयो । उहाँले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद र सरकारबीच बजेट,नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताउनु भयो ।
उहाँले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभइ आयोजनाहरु घोषणा गरेको कारण धेरै आयोजनाहरुको काम अधुरो रहेको बताउनु भयो । उहाँले आयोजनाहरुमा बजेट नै नराखि ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताउनु भयो । उहाँले सरकारले यो अधिवेशनमा धेरै विधेयकहरु पेश गर्ने तयारी गरेकाले संसदले बिजनेस प्रस्शत पाउने बताउनु भयो ।





प्रतिकृया