• ९ असोज २०८३, शुक्रबार
  • ३ः३४ राती

विमानस्थलमा कार्यरत डीआईजी ठकुरीले दिए राजीनामा

प्रकाशित मिति

२०८० माघ २० गते, शनिबार ०५:१७

माघ २०, २०८० काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।

National Life

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको उनले बताए । “हिजो व्यक्तिगत कारणले राजीनामा दिएको हुँ,” उनले भने ।

यही माघ १२ गते विमानस्थलमा प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीबीच हातपात भएको थियो । उक्त घटना भएका दिन डीआईजी ठकुरीमा बिदामा थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी डीआईजीको नेतृत्वमा रहने गर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया