• १० असोज २०८३, शनिबार
  • ३ः१३ राती

उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक पौडेल सहित ७ जना विरुद्द भ्रष्ट्राचार मुद्दा

प्रकाशित मिति

२०८० माघ १० गते, बुधबार ०३:१५

माघ १०, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित ७ जना विरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले आज बुधबार उनीहरु विरुद्द आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

National Life

अख्तियारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालिन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालिन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालिन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालिन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालिन प्रबन्धक कमलराज पौडेल, तत्कालिन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्ले विरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको हो।

उनीहरुले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको लागि Variable Frequency Drive (VFD) खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको, सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामाग्रीमध्ये 160 KW VFD Panel (Part-A) उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा वढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको उक्त 160 KW को रु.२२,७८,३०५।६० (बाइस लाख अठहत्तर हजार तीन सय पाँच रूपैयाँ साठी पैसा) बराबरको रकम भुक्तानी दिई दिन लगाई उदयपुर सिमेन्ट उद्योगलाई गैरकानूनी हानि पुर्‍याएको पुष्टि भएको हुँदा निजहरु विरुद्द मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले उनीहरुसँग बिगो रु.२२,७८,३०५।६० कायम गरी मुद्दा दायर गरेको हो ।

प्रतिकृया