• 12:43 pm

कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति असुमानी विजयी

प्रकाशित मिति

January 17, 2024

माघ ३, २०८० काठमाडौँ: कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी हुनुभएको छ । देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।

पत्रकार सम्मेलनमा आयोगले असुमानीले कुल ३३ हजार २०९ मत प्राप्त गरी कुल मतको ६२ दशमलव ९७ प्रतिशत र जुवा पार्टीका सलिम इसा अब्दुल्ला २० दशमलव २६ प्रतिशत मत प्राप्त गरी उपविजेता भएको घोषणा गरेको छ । निर्वाचनमा १६.३ प्रतिशत मात्रै मतदान भएपनि आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै शान्त वातावरणमा आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गरेको छ ।

निर्वाचन प्रक्रियामा संलग्न सबैको परिचालनको पनि प्रशंसा गरेको छ । करिव ९ लाख मतदाताले देशभरका ८६८ मतदान केन्द्रमा आफ्नो मत हालेका थिए ।

प्रतिकृया