• २१ असोज २०८३, बुधबार
  • १०ः३० बिहान

दोहोरो अंकले बढ्यो शेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ०३:४५

पुस २३, २०८० काठमाडौँ: साताको दोस्रो कारोबार दिन सेयर बजार सकारात्मक बाटोमा देखिएको छ । केही दिनयता लगातार घटेको बजार सोमबार भने दोहोरो अंकले बढेको हो । सोमबार बजार ३६.५७ अंकले बढेर २०५९ को विन्दुमा पुगेको छ । यो दिन कुल ९९ हजार ५२४ कारोबारबाट ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच भएको हो । बजारमा सुधार आएसँगै ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

National Life

सोमबार सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । सो कम्पनीको २१ करोड ८४ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको १९ करोड ३६ लाख ९८ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख ३० हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ४६ लाख ९ हजार रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको ११ करोड ७१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार बजारमा माउन्टेन इनर्जी, त्रिशूली जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, हिमालयन रिइन्स्योरेन्स, समाज लघुवित्त, साम्लिङ पावर कम्पनी, कालिका पावर कम्पनी मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको थियो ।

प्रतिकृया