त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
प्रकाशित मिति
२०८० पुष २० गते, शुक्रबार १०:३५
पुस २०, २०८० काठमाडौँ: त्रिभुवन विश्वविद्यालय(त्रिवी)को उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तका गठित सिफारिस समितिले शुक्रबार एक सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस आह्वान गरेको हो ।
सिफारिस समितिका अनुसार उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ ।
दरखास्त दिँदा बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना बुझाउनुपर्ने छ ।
तत्कालीन उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएपछि त्रिवी कात्तिकदेखि उपकुलपतिविहीन छ ।
सूचना:
प्रतिकृया