• ५ असोज २०८३, सोमबार
  • १ः२१ दिउँसो

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

प्रकाशित मिति

२०८० मंसिर १५ गते, शुक्रबार ०१:४४

मंसिर १५, २०८० काठमाडौँ: मिति २०८०/१०/११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८०/१०/१३ मा निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आयोग तयारीमा लागेको आयोगले बताएको छ। यसै क्रममा आयोगबाट २०८०/१०/१४ मा निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ गतेदेखि ऐ. २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको बताएको छ । राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने पनि जनाएको छ ।

National Life

स्वीकृत कार्यतालिका अनुसार २०८०/०९/१६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको जनाएको छ । मिति २०८०/०९/२० गतेदेखि ऐ. २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। मिति २०८०/१०/११ गते विहान ९M०० बजेदेखि अपरान्ह ३M०० बजेसम्म मतदानको कार्य सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रतिकृया