• 9:12 pm

काठमाडौंमा बिहानैदेखि बदली, दिउँसो छिटपुट वर्षाको सम्भावना

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार ०८:४५

मंसिर १४, २०८० काठमाडौँ: काठमाडौं उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बादलले आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ ।

“केही दिनदेखि नेपालमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव र पश्चिमी वायुको प्रभाव रहेको छ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “विशेषगरी राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव आज देखिएको छ । यसैको प्रभावले आज बिहानैदेखि काठमाडौंमा मौसम बदली रहेको छ ।”

आज काठमाडौंमा वर्षाको समेत सम्भावना छ । “काठमाडौंमा आज वर्षा पनि हुनेछ । तर ठूलो वर्षा होइन छिटपुट वर्षा मात्रै हुनेछ,” मौसमविद् मानन्धरले भनिन्, “काठमाडौंसँगै सेन्ट्रल नेपालका अन्य केही भू–भागमा पनि छिटपुट वर्षाको सम्भावना छ ।”

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात

आज काठमाडौंमा दिनभर बदली हुने यद्यपि अपराह्नपछि मौसम केही खुल्नेछ । “साढे २ बजेपछि भने विस्तारै मौसम केही खुल्नेछ,” उनले भनिन्, “घाम नलाग्ने र बदली हुने भएकाले काठमाडौंमा आज चिसोको महसुस हुनेछ ।”

भोलि पनि काठमाडौंमा आंशिक बदलीको सम्भावना रहेको उनले जानकारी दिइन् । उनले अगाडि थपिन्, “तर आजको जस्तो पूर्ण बदली भने हुँदैन । आंशिक बदली हुनेछ ।”

प्रतिकृया