• १०:०७ २०८१ बैशाख ४ गते
  • 10:07 am

प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

प्रकाशित मिति

२०८० मंसिर ८ गते, शुक्रबार ०४:४९

court supreme e1650281249577

मंसिर ८, २०८० काठमाडौँ: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश भएको छ ।


प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट दायर गर्नुभएको छ ।


रिट निवेदनमा महाअभियानमा सहभागीहरुलाई धरपकड, भेटघाटमा आएकाहरुलाई केरकार गरेर राज्य आतंक सिर्जना गरेको दाबी गरिएको छ । अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो ।

प्रतिकृया