• ५ साउन २०८३, मंगलबार
  • ५:१९ बेलुका

दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ११:१०

कात्तिक २३, २०८० काठमाडौँ: सानिमा बैंकले ग्राहकहरूका लागि दराज ११.११ योजनामा विशेष छुट दिने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो ।


ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

Kamana Sewa

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० कार्तिक २५ देखि २०८० मङ्सिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया