• 4:21 am

आइशर प्रोफर्मर्स च्याम्पियनको उपाधी नेपाललाई

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०१:०२

कात्तिक २१, २०८० काठमाडौँ : व्यवसायिक अटोमोबाइल्स उद्योगको एक अग्रणी नामआइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयर हरेक वर्षा गतवर्ष २०२२ मा पनि सफलता पूर्वक सम्पन्नभयो जसमा नेपाल सहित ३० देशहरूले आफ्नो सहभागिता जनाएका थिए।


व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रमआफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो । सुरुवात देखि नै यसले व्यक्ति गत क्षमताको मुल्यांकनगर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकन गर्दै आएको छ र व्यवसायिकरणको नीतिमा पनि यो प्रतियोगिता उत्साहको उत्प्रेरक बनेको छ ।


यस प्रतियोगितामा विभिन्न कठिन चरणहरू समावेश गरिएको थियो, जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए र यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । यस प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका २०० सहभागीहरूले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए । यो उपाधिहासिल गर्न बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड श्री ठाकुर कुमार गाह र आफिसर श्री अशोक थापाको अतुलनिय योगदान रहेको थियो ।


श्री ठाकुर कुमार गाह(First Runner Up) र अशोक थापाले(Star Performer)प्रतियोगिताभर आफ्नो उत्कृष्ट क्षमताप्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिनुभएको थियो । उत्कृष्ट प्रदर्शन प्रदान गर्ने र आइशरको मूल्यवानग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धताले नै वहाँहरूलाई आइशर प्रोफर्मर्सको च्याम्पियनबनाइएको हो ।


विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरूले रुचाएको ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आईरहेको छ । विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविधमूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टसका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।


बिक्रि पछि आफ्नो ग्राहकलाई लक्षितगर्दै सर्विसमा आएको हरेक गाडी सोहिदिन डेलिभरीदिने व्यवस्था गराउँदै आइरहेको छ । साथै आइशरले आफ्नो ग्राहकलाई लक्षितगर्दै असोज पछाडी खरिद गरेको प्रतेक गाडीको चालकलाई रु २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिकृया