• ९ असोज २०८३, शुक्रबार
  • १०ः२३ राती

जगदम्बा मोटर्सद्वारा महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना भृकुटी मण्डपमा आयोजना हुने

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार १२:३८

कात्तिक २१, २०८० काठमाडौँ : नेपालका लागि टीभीएसको आधिकारिक विक्रेताजगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ । महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोवेम्बर ७ देखि ११ सम्म आयोजना हुनेकम्पनीले जानकारी दिएको छ।

National Life

महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । महा एक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन्।


उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन्। साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको स्विधापनि
महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीका अनुसारयी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ । महा एक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजकिका साथै आकर्षक एकस्चेन्ज अफरका साथै उपहारहरुको पनि ब्यवस्था गरेको छ । मोटरसाइकलका पारखीहरुले यो अवसरछुट्याउनै नहुने कम्पनीको भनाइ छ ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।


कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

प्रतिकृया