• १० असोज २०८३, शनिबार
  • ११ः१२ बिहान

एनसेलले कर्णालीलाई ५० लाख सहयोग गर्ने, प्रभावित जिल्लाका ग्राहकलाई ४० लाख बराबरको सेवा

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार १२:२४

कात्तिक १९, २०८० काठमाडौँ : एनसेलले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

National Life

त्यस्तै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्‍चिम र रुकुम पूर्वमा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।


यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेको एनसेलले जनाएको छ। यसको समयसीमा १५ दिनको रहने छ।

Classic Tech Mobile
Classic Tech Desktop

‘एनसेल आजियाटा लिमिटेड शुक्रबार रातिको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यस दु:खद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको जानकारी गराउन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ।


शुक्रबार मध्यरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। प्रहरीले दिएको जानकारी अनुसार रुकुम पश्‍चिममा थप १४ जनाको शव भेटिएपछि मृतकको संख्या डेढ सयमाथि पुगेको हो। घटनामा मृत्यु हुने १ सय ५७ जना पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो। त्यस्तै भूकम्पमा परेर १ सय ९७ जना घाइते भएका छन्। रोल्पा, दैलेख र बैतडीमा पनि भूकम्पबाट घाइते भएका छन्।


घाइतेहरुको नेपालगञ्ज र सुर्खेतमा उपचार भइरहेको छ। ७ जनालाई भने काठमाडौं उपचारको लागि ल्याइएको छ।

प्रतिकृया