• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

आज नेप्से परिसूचक ५.८३ अंकले घट्याे

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार ०३:४६

कात्तिक १५, २०८० काठमाडाैं : बुधबार नेप्से परिसूचक ५.८३ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ।

National Life

बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ पुगेको छ।


यस दिन २९६ वटा धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच भएको हो। बुधबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५५८ रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, हिमालयन लघुवित्तको सेयरमूल्य ८.५४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयरमूल्य ६०० रुपैयाँ कायम भएको छ।सेयर मूल्य सर्वाधिक घट्नेमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३४ रुपैयाँ ८० पैसामा झरेको छ ।


यस्तै, सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ७.७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ।


बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २३४ रुपैयाँ ८० पैसामा १४ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ७.९९ प्रतिशत घटेको हो।


कम्पनीको सेयर मूल्य कारोबार सुरू भएको आज तेस्रो दिन पनि घटेको हो। सोमबार ३५० रुपैयाँमा पहिलो कारोबार सुरू भएको कम्पनीको सेयर आज २३४ रुपैयाँ ८० पैसामा झरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आइपिओ निष्कासन गरेको थियो।


यो मूल्य आइपिओ मूल्य भन्दा प्रतिकित्ता २ रुपैयाँ ७८ पैसा तल झरेको हो।


आइपिओको मूल्यभन्दा तल झरेपछि कम्पनीको सेयरमा खरिदकर्ता देखिएका छन्। पछिल्ला तीन कारोबार दिनमा शून्य रहेको कम्पनीको सेयरमा आज खरिद अर्डर देखिएको छ। यस्तै बिक्रीकर्ताहरूको चाप पनि उत्तिकै छ। सोही कारण कम्पनीको सर्वाधिक कारोबार भएको हो।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक ०.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।


यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।

प्रतिकृया