• ०५:३९ २०८० फाल्गुन १२ गते
  • 5:39 am

स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश बाँड्दै

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार १२:४२

standard

कात्तिक १४, २०८० काठमाडौँ: स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई १९ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।


बैंकले २०७६/७७ को नाफाबाट ११.८४ प्रतिशत, २०७७/७८ को नाफाबाट १३.०६ प्रतिशत र २०७८/७९ को नाफाबाट १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।


तुलनात्मक रुपमा यो पटकको लाभांश आकर्षक रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिकृया