• २१ असोज २०८३, बुधबार
  • ८ः०६ बिहान

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब २५ करोडमा सीमित

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०३:२९

असोज २९, २०८० काठमाडौँ: सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २३.१६ अंकले घट्दै १८ सय ५१ को विन्दुमा पुगेर रोकिएको हो ।

National Life

यस्तै आज कारोबार अवधिभर २ सय ८४ कम्पनीका ४८ लाख ३७ हजार ८ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँमा सीमित भएको हो ।


आज बजार उच्च अंकले ओरालो लाग्दा कारोबारमा आएका २ सय ११ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने २२ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया