अहाय रेडक्रसकर्मीलाई निःशुल्क उपचार गरिने
प्रकाशित मिति
२०८० आश्विन २९ गते, सोमबार ११:५५
असोज २९, २०८० मध्यपुर थिमि : मध्यपुर थिमिनपावडा नं. ३ कौशल्टार स्थित भक्तपुर इन्टरनेशनल हस्पीटलले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा बीच सहुलियत दरमा स्तरिय स्वास्थ्य उपचार सेवाको सम्झौता गरेको छ ।
अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसइटीमध्यपुर थिमि उपशाखा अन्तर्गतका सदस्यहरु, कर्मचारी र उनका परिवारहरुको सहुलियत स्वास्थ्य सेवाप्रदानगर्न दुबै संस्थाबीच सम्झौता भएको हो ।
अस्पतालको तर्फबाट अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले हस्ताक्षर गरिएको उक्त सम्झौतापत्रमा २२ प्रकारको स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गरिने उल्यख गरिएको छ । उक्त सम्झौता अनुसार अस्पतालले नेपाल रेडक्रस सोसाइटीमध्यपुर थिमि उपशाखा अन्तर्गका कुनै पनि जेष्ठनागरिक सदस्यवा असाय अर्थात आर्थिक रुपमा कमजोर छन् भने उनीहरुलाई निःशुल्क उपचार गर्ने अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका सदस्यहरु, कर्मचारी र उनका परिवारहरुलाई सहज, सुलभ र सहुलियत उपचार सेवाको लागि अन्तकतै भौतारिनु नपर्ने गरी सेवा सुविधा दिन भक्तपुर इन्टरनेशल हस्पीटलले रेडक्रसको प्रस्तावलाई सहर्ष स्वीकार्नु भएकोले सदस्यहरुको हितलाई मध्यनजर गर्दै यो सम्झौता गरेका उपशाखा सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसरी सदस्यहरुका लागि सुविधा प्रदान गर्ने कार्य मध्यपुर थिमि उपशाखाको ऐतिहासिक भएको पनि बताए ।

कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख रामकुमार श्रेष्ठले स्वागत गरेका थिए भने उपशाखाको तर्फबाट उपसभापति सविना श्रेष्ठ, सचिव जीवन श्रेष्ठ, कोषाध्यक्ष काशी भक्तकायस्थ, उपसचिव सुशिला श्रेष्ठ, सहकोषाध्यक्ष श्रीरामश्रेष्ठ, सदस्यहरुमा लक्ष्मी केशरी श्रेष्ठ र कन्या मन्दिर प्रजापति उपस्थित रहनु भएको थियो ।
सम्झौता पश्चात नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको तर्फबाट अस्पताललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।




प्रतिकृया