• 5:41 pm

नेप्से ५.१६ अंकले बढ्दा अझै बढेन कारोबार

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार ०३:३७

असोज २४, २०८० काठमाडौँ: साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५.१६ अंकले बढेको छ । नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो । चौथो दिन नेप्सेमा सामान्य सुधार आए पनि अझैं कारोबारमा भने सुधार आउन सकेको छैन ।


नेपाल स्टक एक्सचेन्जका अनुसार ५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आज म्युचुअल फन्ड, निर्जीवन बिमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।


बुधबार सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डु हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूको सेयर ९ प्रतिशत माथिले बढेको छ ।


यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूको भने आज ४.२१ प्रतिशतले घटेको छ ।

प्रतिकृया