• ५ साउन २०८३, मंगलबार
  • ४:२३ बेलुका

आज सुन–चाँदीको भाउ बढ्यो

प्रकाशित मिति

२०८० आश्विन २१ गते, आईतवार ११:३८

असोज २१, २०८० काठमाडाैं : साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Desktop

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

प्रतिकृया