
वार्षिक ८ हजार ४०० रुपैयाँमा भायानेटले ल्यायो १२५ एमबिपिएस इन्टरनेट
प्रकाशित मिति
२०८० आश्विन १८ गते, बिहीबार ०२:०६

असोज १८, २०८० काठमाडौँ: इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबिपिएसको इन्टरनेट सेवा वार्षिक ८ हजार ४०० रुपियाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ ।
साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ ।
भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ एमबिपिएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पिडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो ।
यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबिपिएस र ३०० एमबिपिएस प्याकेजका लागि पनि छुट ल्याएको छ ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन्।
त्यसैले यस अभियानको नाम चाडमा चौका राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिङ मेसिन रहनेछन्। याे अफर मङ्सिर ९ गतेसम्म मात्र मान्य रहने कम्पनीले जनाएकाे छ।
अफरमा उपलब्ध छुट
-अल्टिमा वायरलेस इयरबड्स भ्याटसहितको मूल्य रु १२२५ सम्ममा उपलब्ध
-हिमस्टार ४३ इन्च स्मार्ट टिभी भ्याटसहितको मूल्य रु २७,५०० सम्ममा उपलब्ध
-हिमस्टार ५५ इन्च स्मार्ट टिभी भ्याटसहितको मूल्य रु ५४,००० सम्ममा उपलब्ध
-हिमस्टार रेफ्रिजरेटर भ्याटसहितको मूल्य रु १७,५१० सम्ममा उपलब्ध –
-हिमस्टार वाशिङ मेसिनस् भ्याटसहितको मूल्य रु ४१,२०० सम्ममा उपलब्ध
भायानेट नेपालको पहिलो फाइबर इन्टरनेट, आइपिटिभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी हाे।
प्रतिकृया