• ४ असोज २०८३, आइतबार
  • २ः४० राती

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०८:३७

असोज १६, २०८० काठमाडाैं : हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ। मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो।

National Life

नेपाल र भारतबीचको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।


यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे। भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे। बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।


नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। आज ड्रमार्फत अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग हुने पक्का भएको हो।


नेपालले भोलि प्रतिस्पर्धा गर्न लागेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन। तर भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ। अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरुद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण हुनेछ।

प्रतिकृया