भदौमा आरविवि म्युचुअल फण्ड १ को नोक्सानी बढ्यो
प्रकाशित मिति
२०८० आश्विन १४ गते, आईतवार ११:१४
असोज १४, २०८० काठमाडौँ: आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ को नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । योजनाले सार्वजनिक गरेको भदौ मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार साउनको तुलनामा भदौमा नोक्सानी रकम बढेको देखिएको हो । साउन मसान्तसम्म १ करोड ६८ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना भदौ मसान्तसम्म ३ करोड १० रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो । साउन मसान्तसम्म जम्मा आम्दानी १ करोड ४८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा भदौमा २ करोड ७२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको हो ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रति इकाई खुद मूल्य साउन मसान्तसम्म ९ रूपैयाँ ४७ पैसा रहेकोमा भदौ मसान्तसम्म ९ रूपैयाँ ३६ पैसा रहेको छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित १ अर्ब १ करोड रूपैयाँभन्दा बढी छ ।
बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रूपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ७८ करोड ८२ लाख रूपैयाँभन्दा बढी मात्र रहेको छ । बजार घटेसँगै योजनाले धितोपत्रमा गरेको लगानीको मूल्यमा समेत कमि आएको हो ।
प्रतिकृया