• 3:12 pm

‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा.लामिछानेको दाबी

प्रकाशित मिति

२०८० आश्विन १३ गते, शनिबार ०४:२३

असोज १३, २०८० काठमाडौं : हाड जोर्नी तथानसा रोग विशेषज्ञद्वय डाक्टर डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईद्वारा लिखितपुस्तक‘ अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ सार्वजनिक भएको छ । पुस्तक गत असार २४ गते सार्वजनिक भएको हो । हार्ड जोर्नी तथानसा रोग विशेषज्ञका रुपमा डाक्टरद्वय लामिछाने र भट्टराई अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा कार्यरत छन् ।


आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फन डा. भट्टराईले आफूले गरेको उपचार, अप्रेसन र अनुभवका आधारमा नेपालमा पहिलो पटक हाडजोर्नी तथा नसा रोग सम्बन्धी किताब प्रकाशनमा ल्याएको बताए ।


उक्त पुस्तकमा हाडजोर्नी उपचारका सम्बन्धमा नयाँ विधि र सिद्धान्त उल्लेख गरिएको उनले बताए । डा. लामिछानेले उक्त पुस्तक नितान्त अनुभवको आधारमा लेखिएको भएर सबैले मान्नुपर्छ भन्ने बाध्यता नरहेको बताए । भविष्यमा यो पुस्तकमा उल्लेख भएका कुराहरु सिद्धान्तको रूपमा स्थापित हुने उनको दाबी छ ।


‘आफूले गरेको उपचार र अप्रेसनको आधारमा नेपालमा पहिलो पटक हाडजोर्नी तथानसा रोग सम्बन्धी किताब प्रकाशन गरेका छौं ।’ उनले भने, ‘यो अन्य प्रकृतिको किताब नभई अनुभवको आधारमा लेखिएको किताब हो । सबैले यसलाई मान्नै पर्छ भन्ने छैन । यहाँ नयाँ विधि र सिद्धान्तको उल्लेख गरिएको छ, जुन भविष्यमा विश्वभर सिद्धान्तको रुपमा विकास हुनेछ भनेर विश्वास लिएका छौं ।’


उनले उक्त किताब दुरदराजमा काम गर्ने चिकित्सकहरुका लागि उपयोगी हुनेमा आफूहरुले विश्वास लिएकोे बताए । मुख्य सिद्धान्तलाई आधार मानेर आफ्नो देशको भौगोलिक अवस्था, उपलब्ध जन शक्ति, सीमित स्रोत साधन र कमजोर आर्थिक अवस्थाका विरामीहरुलाई केहीविधि र सिद्धान्त फरक गरेर पनि उस्तै परिणामको उचार र अप्रेसन सेवादिन सकिन्छ भन्ने ज्ञान प्रदान गर्नु यस पुस्तकको मु्ख्य उद्देश्य रहेको उनले बताए । पुस्तकमा जतिसक्दो कमखर्चमा कसरी हाड जोर्नी सम्बन्धी उपचार दिन सकिन्छ भनेर उल्लेख गरिएको डा. लामिछानेले बताए ।


किताबमा लेखिएकानयाँ कुराहरुका बारेमा उल्लेख गर्दै उनले भने, ‘हामीले संसारका विभिन्न देशमा गएर युरोप कोरिया र साथउ अफ्रिका र नेपालका विभिन्न ठाउँमा गएर हामीले सुन्निएको ठाउँमा अप्रेसन गर्दा केही फरक पर्दैन । यति सयको अप्रेसन गर्दा इन्फेक्सन छैन, रिजल्ट राम्रो छ भन्ने कुरा कारण र तथ्यसहित प्रस्तुत गरेका छौं।ओपन फ्याक्चरमा छ घण्टाभित्र आइपुगेको छ भने छ घण्टाभित्र अप्रेसन गर्दा त्यसमा संक्रमण हुँदैन, भए पनि एकदम न्युन र अन्तराष्ट्रिय किताबले मान्यता दिएको छ त्यसको आधारमामात्र हुन्छ भन्ने तथ्यहामीले यस किताबमा प्रस्तुत गरेका छौं ।’ पुस्तक नेपालीअर्थोपेडिक सर्जनहरुका लागि कोशेढुंगा सावितहुने विश्वास लिएको उनले बताए ।

प्रतिकृया