• २४ भदौ २०८३, बुधबार
  • ३ः११ राती

राहत शिक्षकहरुको आन्दोलन बिहीबार पनि जारी

प्रकाशित मिति

२०८० आश्विन ११ गते, बिहीबार ०१:३९

असोज ११, २०८० काठमाडौँ: राहत शिक्षकहरुले बिहीबार पनि आन्दोलन गरेका छन् । काठमाडौंको माईतिघरमा दिउँसो ठूलो संख्यामा सहभागी भई आन्दोलन गरेका हुन् । सरकारले आफ्नो माग संबोधन नगरेको उनीहरुले बताएका छन् सांसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धरासायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत हकहित विपरित रहेको भनि उनीहरुले आन्दोलन गरेका छन् ।

National Life

देशका बिभिन्न ठाउँहरुबाट आएका शिक्षहरुले बिभिन्न समूहमा रहि आन्दोलन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारी को नेतृत्वमा ,राहत शिक्षक समिति महासचिव कुमार बजगाई,बाल विकास शिक्षक समिति अध्यक्ष कृष्ण कुमारी थापा , पेन्सन बन्चित शिक्षक समितिका अध्यक्ष अमृता कार्की ,महासचिव टिका बहादुर खड्का , हिष्टुन अध्यक्ष ज्ञान प्रसाद भट्टराई , सामुदायिक विद्यालय कर्मचारी संघ अध्यक्ष शशि केसि , काठमाडौं आन्दोलन परिचालन कमिटी अध्यक्ष राजिव भट्टराई , विभिन्न जिल्ला बाट आएका राहत शिक्षकहरु लगायत करिब ८०० जनाको सहभागितामा सिठ्ठि फुकेर, टाउकोमा कालो पट्टि बाँधि, नाचगान गर्दै संयुक्त सडक आन्दोलन र्‍याली गरेका थिए । उनीहरुले बिभिन्न मागहरु राखेका छन् ।


राहत शिक्षक लाइ स्थायित्व गर्नुपर्ने,पेन्सन बन्चित शिक्षकहरु लाई शिक्षा ऐन २०२८ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने, इसिडि शिक्षक स्थायी गर्नुपर्ने,सम्पूर्ण शिक्षक शिक्षिका लाई पेन्सनको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। सहमागी भएका शिक्षहरुले बिभिन्न नाराहरु लगाएका थिए । शिक्षा मन्त्रीको राजिनामा देखी, शिक्षक महासंघको बिरोध समेत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया