• २१ असोज २०८३, बुधबार
  • ८ः४४ बिहान

खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार ०४:३७

असोज १०, २०८० काठमाडाैं : खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कु नै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।

National Life

यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरी बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।


साथै बैंक लिंक खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केही विवरण भरि केही समय मै बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन्। यति मात्र नभएर खल्तीमा बैंक लिंक गरी प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया