• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नैक्स २०२३’ सुरु, एकै छानामुनी सभी उत्पादन

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार ०२:०२

असोज १०, २०८० काठमाडाैं : फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका विच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन् ।

National Life

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा ‘के हामी आत्मनिर्भर छौं भन्ने विममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किड कोयलले शीर्ष प्रायोजन गरेको छ। त्यसै गरी प्रेप्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड बाईमा फर्निचर हब प्राति रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिटरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र पती पोलिकेम रहेका छन्। इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लडसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।


१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिनर र व्यवसायीहरुले आफ्‌ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै विक्री वितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्ष गरिएको छ। फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो ।


एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसंग भेटवार्ता गर्ने अवसर पाउने छन् ।


नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्द्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ ।

प्रतिकृया