• १० असोज २०८३, शनिबार
  • ११ः२० बिहान

सिंहदरबारमा सरकार र शिक्षकबीच वार्ता सुरु

प्रकाशित मिति

२०८० आश्विन ५ गते, शुक्रबार ०४:१४

असोज ५, २०८० काठमाडौँ: सरकार र शिक्षकबीच वार्ता सुरु भएको छ । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको हो । आज शुक्रबार बिहानै आन्दोलन रत पक्ष र सरकारबीच छलफल गरिने भनिएको भएपनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारेका थिए ।

National Life

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । विद्यालय शिक्षा विधेयकमा आपत्ती जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् ।

प्रतिकृया