नेपालमा निर्माणाधीन Universal Peace Sanctuary को सहयोगका लागि आयोजित
प्रकाशित मिति
२०८० आश्विन ५ गते, शुक्रबार ०४:१७
असोज ५, २०८० काठमाडौँ : गैर-नाफामूलक संस्था Universal Peace Sanctuary ले काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सुन्दर सभाकक्षमा विश्वव्यापी शान्ति महोत्सवको आयोजना गरेको छ । हिजाे आयोजना गरिएको यस विशिष्ट कार्यक्रममा महामहिम श्याल्पा तेन्जिङ् रिन्पोचेको शोभायमान उपस्थिति रहेको थियो । महामहिम रिन्पोचे यस महोत्सवका आयोजक पनि हुनु ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमलाई आफ्नो प्रमुख आतिथ्यताको गौरव प्रदान गर्नुभयो । बिहीवारको यस कार्यक्रममा मिडिया तथा कर्पोरेट क्षेत्रका प्रभावशाली व्यक्तिहरू, सरकारका उच्चस्तरीय अधिकारीहरू, सामाजिक ख्यातिप्राप्त महानुभावहरूका साथै थुप्रै सम्मानित व्यक्तित्वहरू पाल्नुभएको थियो ।
महोत्सवमा महामहिम रिन्पोचेले Universal Peace Movement (विश्वव्यापी शान्ति अभियान) को परिचय पनि दिनुभयो ।
यो अभियान शान्तिलाई युद्धको ‘फेशनेबल’ विकल्पको रूपमा प्रस्तुत गर्दै सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यो एक विशेष पहल हो । साँझको मुख्य आकर्षण ‘Mayadevi – The Play of Unconditional Love’ नामक नाट्य प्रस्तुति रह्यो । यो गहन प्रेम र करुणा एक मनमोहक मञ्चन थियो ।
यो महोत्सव युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा निर्माणाधीन Universal Peace Sanctuary को लागि सहयोग र सहभागिता लागि आयोजना गरिएको थियो । यस Sanctuary विश्वमा मानवता माझ शान्ति प्रवर्द्धनका लागि समर्पित एक केन्द्रका रूपमा रहनेछ । यस Sanctuary सबै पृष्ठभूमि तथा आध्यात्मिक परम्पराका व्यक्तिहरूका लागि चित्त शान्ति प्राप्त गर्ने एक साझा थलो हुनेछ ।
यही वर्षको मे महिनामा Universal Peace Sanctuary ले अमेरिकाको बेबर्ली हिल्समा यस्तै महोत्सवको आयोजना गरेको थियो । गत वर्ष नेपालमै पनि Sanctuary ले यो महोत्सव होटेल याक एन्ड एतिमा आयोजना गरेको थियो ।







प्रतिकृया