• २१ असोज २०८३, बुधबार
  • ८ः५५ बिहान

अरुण -३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोध प्रति इप्पानकाे ध्यानाकर्षण

प्रकाशित मिति

२०८० आश्विन ५ गते, शुक्रबार ११:५३

असोज ५, २०८० काठमाडौँ: निर्माणाधिन अरुण तेस्रो जलविद्युतमा स्थानीय अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ध्यानाकर्षण गराएको छ।

National Life

हिजाे एक विज्ञप्ति प्रकाशित गर्दै इप्पानले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति इप्पानले गम्भीर ध्यानाकर्षण गराएको हो।


इप्पानले आयोजना निर्माणमा भइरहेको अवरोध हटाइ काम सुचारु गराउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अरुण तेस्रो जलविद्युत आयोजना विदेशी लगानीमा निर्माण भईरहेको छ । तर, विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस्ता प्रकारको अवरोधले विदेशी लगानीलाई निरुत्साहित गर्ने इप्पानले जनाएको छ। त्यस्ता गतिविधिले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा इप्पान चिन्ता व्यक्त गरेको छ।


उक्त आयोजना निर्माण कार्य तत्काल सुचारु गर्न इप्पानले जोडदार रुपमा माग गरेको छ । ‘आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिन्छ । यसका लागि आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गर्न चाहन्छौ’– विज्ञप्ति मार्फत इप्पान भनेको छ।


विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा समेत स्मरण गराएको छ।


अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन)ले द्रुत गतिमा काम अघि बढाइरहेको छ । यस्तो बेलामा भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको इप्पानको भनाई छ।

प्रतिकृया