• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

प्रिमियम मूल्य १३७ थप गरी आईपीओ निष्कासन गर्दै सोनापुर मिनरल्स

प्रकाशित मिति

२०८० आश्विन ५ गते, शुक्रबार १०:३५

असोज ५, २०८० काठमाडौँ:  सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले यही असोज १४ गतेदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गर्ने लागेको छ । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

National Life

सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १७ गते हुनेछ । उक्त अवधिसम्म मागानुसार आवेदन नपरेमा असोज २८ गतेसम्म समय थप हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पुँजी तीन अर्ब सात करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् एक अर्ब २३ करोड २० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका एक करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।


त्यसमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८, सामूहिक लगानी कोषका लागि ६ लाख आठ हजार २८४ र कर्मचारीका लागि ६ लाख आठ हजार २८४ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू र मेरोसेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।


यो उद्योग दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको छ । ०६९ सालदेखि उद्योगले उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।

प्रतिकृया