• 5:44 pm

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ०४:०८

असोज ३, २०८० काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ।


उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट- क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।


सानिमा बैंकका ग्राहकहरुले ओपिडी-आइपिडी तथा बेडसम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने सानिमा बैंकले जनाएको छ।


छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा पनि हेर्न सकिने बैंकले जनाएको छ।

प्रतिकृया