एनसेलले मनायो विभिन्न सहरहरुमा तीज कार्यक्रम
प्रकाशित मिति
२०८० आश्विन ३ गते, बुधबार १२:०७
असोज ३, २०८० काठमाडौं : एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरहरुमा सांगीतिककार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमंगका साथ स्थानीय समुदायसँगै हरितालिकातीजपर्व मनाएको छ । तीजकार्यक्रमकम्पनीको १८औं वार्षिकोत्सवको ‘हामीतपाईंकै लागि’भन्ने थिमका साथ आयोजना गरिएको थियो ।
तीजहिन्दु महिलाहरुले ठूलो उत्साहका साथमनाउने नेपालको एक विशेष पर्व हो । एनसेल विशेष अवसरका खुसीहरुलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको छ ।

एनसेलको वार्षिकोत्सव र तीजअवसरमा सोमबार एनसेलले विभिन्न चार सहरहरु सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीजकार्यक्रमआयोजना गरेको हो । कार्यक्रमहरुमा सर्वसाधारण बाहेक विशेष गरी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरुले सांगितिककार्यक्रमको आनन्दलिनुका साथै स्थानिय कलाकारहरुको गीतसंगित प्रस्तुतिमा नाच गान गर्दै भरपुर मनोरञ्जन लिएका थिए । ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो । स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरु लिन सक्ने व्यवस्था रहेको थियो ।
एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको हो । कम्पनीले आमनेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । ‘हामीतपाईंकै लागि’थिमअनुरुपआफ्नाग्राहकहरुसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।




प्रतिकृया