• 12:10 pm

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०८० भाद्र २६ गते, मंगलवार ०९:३६

भदौ २६ , २०८० काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।


सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।


गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।

प्रतिकृया