सुन-चाँदीको मूल्य बढ्याे
प्रकाशित मिति
२०८० भाद्र २५ गते, सोमबार १२:०८

भदौ २५, २०८० काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिकृया