• २१ असोज २०८३, बुधबार
  • ९ः२१ बिहान

भक्तपुरमा एमालेका १७६१ नयाँ संगठित सदस्यद्वारा सपथ ग्रहण

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ०४:१४

भदौ २२, २०८० काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् । कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको बताए ।

National Life

आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउँदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताए।


इन्चार्ज ढुङ्गेलले भने्, “परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ ? आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

उनले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने बताउनुभयो । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम लाग्दैन भन्दै उहाँले अहिले प्राध्यापकदेखि मजदुरसम्मले देशको हितमा लाग्ने पार्टी एमाले मात्रै हो भनेर भन्न सक्ने अबस्थामा पुगेको बताउनुभयो ।
एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायाक ठाउँमा नभएको भन्दै उहाँले एमालेले बृद्ध भत्तालाई पाँच हजार पुर्याउने लक्ष्य लिएको, देश विकासका खम्बा रहेको राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढाउने, शुसासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको बताए ।


इन्चार्ज ढुङ्गेलले भन्नुभयो, “अब मिसन २०८४ सुरु गरेका छौँ, एमालेलाई फेरी पनि समृद्ध बनाउन कम्मर कस्नु पर्छ, एमालेले सिंगो भक्तपुरलाई आफ्नो झण्डा र परिचयभित्र समेट्नु पर्छ, नयाँ सदस्यहरु सहितको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनुपर्छ, भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुपर्छ ।” एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उनले जोड दिए ।


कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धेरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताए । उनले यो सपथ ग्रहणको क्षण गौरवशाली पार्टीको गौरबमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौं सदस्य रहेको बताए।


ढुङ्गेलले भने, “तपाईहरुले आज सपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुँदैन, सपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रतक्ष्यतर्फको सीट गुमाउनु पर्यो, समानुपातिकमा राम्रो भोट ल्याएको पार्टीले प्रत्यक्षतर्फ क्षति ब्यहोर्दा त्यसले सिंगो देशलाई असर पारिरहेको छ, तपाई हामीले यतिखेर भोगि रहेका छौँ, त्यसैले आजैबाट मिसन २०८४ सुरु भयो भन्ने ठान्नुस्, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अवस्थामा पुर्याउनुपर्छ ।”


विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उहाँले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, विचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गर्नुभयो ।


आउँदो निर्वाचनमा एमालेको वर्गशत्रुलाई परास्त गरेर ठूलो पार्टी बन्दै सत्ता सञ्चालनमा पुगेर समाजवादको आधारलार्ई पुरा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पानालाई साकार पार्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आजको यो भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरु गरेको सन्देश दिनुभयो । उहाँले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउँदै वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरि मिसन सुरु भएको बताउनुभयो ।
उपाध्यक्ष थापाले भन्नुभयो, “एमाले भक्तपुरले मिसन २०८४ सुरु गरेको छ, यो मिसनलाई सफल पारेर आउँदो निर्वाचनमा वडादेखि नगरसम्म, प्रदेशदेखि संघसम्ममा एमालेले विजय हासिल गर्नेछ र एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छाँै, त्यसमा सबैलाई लाग्न आव्हान गर्दछौँ ।”


कार्यक्रम सञ्ञ्चालन एवं जल्ला सचिव मोहनबीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउँदै एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास लिएको बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया