काठमाडौं–१६ का वडाध्यक्ष रिजालको निधन

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार १०:३६

mukunda

भदौ २१, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो । डेंगीबाट संक्रमित भएपछि उनी उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।


रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् । निधन भएका रिजाको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये दुईदिन आइसीयू र दुईदिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिब शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।


नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कात्तिक १९ गते भएको हो ।

प्रतिकृया