• २४ भदौ २०८३, बुधबार
  • १ः१२ राती

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल

प्रकाशित मिति

२०८० भाद्र २० गते, बुधबार ०३:४९

भदौ २०, २०८० पाटन (ललितपुर) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

National Life

साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताउनुभयो । उहाँले उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनुभयो ।


“नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भन्नुभयो, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा हस्तकला महसङ्घका पूर्वध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।


महासङ्घले आजदेखि आयोजना गरेको मेला पाँच दिनसम्म सञ्चालन हुने मेला आयोजक समितिकी संयोजक यशोदा दहालले जानकारी दिनुभयो । मेलामा सातदोबाटोस्थित उद्यमी घरका पाँच स्टलसमेत रहेको घरका सञ्चालक दीपक कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया