• २१ असोज २०८३, बुधबार
  • ९ः४४ बिहान

हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ बिहीवारदेखि विक्रीमा आउने, कित्ताको ५० रुपैयाँ मात्रै

प्रकाशित मिति

२०८० भाद्र २० गते, बुधबार ०१:४७

भदौ २० , २०८० काठमाडौँ: हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भोलि (बिहीवार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ ।

National Life

यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ २५ गतेसम्म विक्री अवधि तोकिएको यो आईपीओ छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ४ गतेसम्म विक्री लम्बिनेछ ।


आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिने व्यवस्था छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा रहेको छ । यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा आफ्नो लगानी गरी आफूलाई एक सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ ।


हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।

प्रतिकृया