• 6:11 pm

नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि परिचालन गर्न सकिएको छैन : पूर्वअर्थमन्त्री शर्मा

प्रकाशित मिति

२०८० भाद्र १४ गते, बिहीबार ०४:४१

भदौ १४, २०८० काठमाडौँ: पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरुलाई परिचालन गर्न नसकेको बताउनु भयो । उहाँले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताउनु भयो ।


उहाँले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको बताउनु भयो । उहाँले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताउनु भयो ।


उहाँले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतिहरु रहेको बताउनु भयो । उहाँले नेपालको अर्थकुटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिने गरेको बताउनु भयो ।


मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको छ । नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिकको कारण प्राप्त गरिरहेका छौं । वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकताहरु छ । वैदेशिक लगानी ल्याउँदा पनि हामीलाई चुनौतिहरु छन् । एक देशको नेपालमा लगानी आउँदा अर्को देश संशकित हुन्छ । यसको कारण नेपालको अर्थकुटनीतिक कमजोर हुनु हो । हामीले त्यो कुरा बुझाउन सकिरहेका छैनौं । वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिन्छ ।’


उहाँले सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताउनु भयो । उहाँले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताउनु भयो ।

प्रतिकृया