अमेरिकाको फ्लोरिडामा ३ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार ११:१२
भदौ १०, २०८० काठमाडौँ : अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा गोली हानी तीन अश्वेत नागरिकको हत्या गरिएको छ । बीबीसीका अनुसार तीन जनाको हत्यापछि आक्रमणकारीले आत्महत्या गरेका छन् ।
रिपोर्टअनुसार आक्रमणकारीले डलर जनरल स्टोरमा प्रवेश गरी गोली चलाएका थिए। त्यस क्रममा प्रहरी र आक्रमणकारी आमनेसामने पनि भएका थिए । आक्रमणकारी करिब २० वर्षका गोरा व्यक्ति रहेको बताइएको छ ।
उनको आक्रमणबाट अश्वेत समुदायका दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । आक्रमणकारीको नाम अझै खुलाइएको छैन ।
प्रहरीका अनुसार आक्रमणकारीसँग हल्का सेमिअटोमेटिक राइफल र एउटा ह्यान्डगन थियो । यो हमला उनी एक्लैले गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिकृया