भगवती हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ११:०२

ipo

भदौ ५, २०८० काठमाडौँ: भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज भदौ ५ गतेदेखि ८ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको हो ।


प्रतिशेयर रु. १०० अंकित मूल्यमा १६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. ११६ मा आईपीओ निष्काशन खुला गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर ७१ हजार २ सय २२ जनाले १०–१० कित्ता पाउने छन् ।


कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।


कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया