कतिमा कारोबार भइरहेको छ आज सुनचाँदीको कारोवार ?
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार ११:०६

३२ श्रावण २०८०, काठमाडौँ: बिहीबार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । हिजो १ सय रुपैयाँले घटेको सुनको भाउ आज पुनः ८ सय रुपैयाँले घटेको हो । आज छापावाला सुनको भाउ १ लाख १० हजार ४ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबिच आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८९३ दशमलव १४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ४८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिकृया