सर्वसाधारणका लागि आजबाट मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ खुल्यो
प्रकाशित मिति
२०८० श्रावण २८ गते, आईतवार ०३:४७

२८ श्रावण २०८०, काठमाडौँ: मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ ।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ ।
यो आईपीओको निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १० गते बैंकिङ समयपछि हुनेछ । मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ ।
प्रतिकृया