• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

भगवती हाइड्रोपावरको आईपीओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

प्रकाशित मिति

२०८० श्रावण २५ गते, बिहीबार ०१:२६

२५ श्रावण २०८०, काठमाडौँ:  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीबा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

National Life

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गरिएको हो ।

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आईपीओ खरीदका लागि आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आईपीओ भने ८ हजार ५८१ जना आवेदकहरूले १० कित्ताका दरले बाँडफाँट गरिएको हो । आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरिएको आईपीओको हकमा बाँडफाँटमा नपरेको आंशिक तथा नपरेको शेयर वापतको रकम साउन २८ गते आइतवारदेखि बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा सदस्यमार्फत आवेदन दिएकाले बाँडफाँटमा नपरेको शेयर वापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रकम फुकुवा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विक्री प्रबन्धकको जिम्मेवारी भने सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गरेको छ । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रूपैयाा रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रूपैयाँ कायम हुनेछ ।

प्रतिकृया