• १८:५४ २०८१ बैशाख १ गते
  • 6:54 pm

तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, १४ सयमा ओर्लियो चाँदी

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार ११:४९

gold

२३ श्रावण २०८०, काठमाडौँ:  मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार तोलामा एक सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार तीन सय रूपैयाँले घटेको हो । चार दिनयता लगातार स्थिर रहेको चाँदीको मूल्य भने आज प्रतितोला २५ रूपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख १२ हजार एक सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया